प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा संविधान तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय कानुनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको अन्योन्याश्रित सम्बन्ध हुन्छ, नेपालमा गत वर्षभन्दा यस वर्ष बढी सञ्चारकर्मी पीडित हुन पुगेको अवस्थाप्रति आयोग चिन्ता व्यक्त गर्दछ ।”
नेपाल पत्रकार महासङ्घका अनुसार पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हनन्का ६४ वटा घटना भएका छन् । जस्तोसुकै सङ्कटको अवस्थामा पनि चुनौतीको सामना गर्दै सूचनाको हकका लागि अहोरात्र कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी भौतिक रुपमा असुरक्षित भएको, अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको, समाचार लेखेकैै आधारमा सञ्चारकर्मी पक्राउपर्ने गरेको देखिन्छ ।
सञ्चारकर्मीप्रति असहिष्णु व्यवहार हुने गरेको, सञ्चारकर्मीको कार्यप्रति नै प्रश्न खडा गरिएको, समाचार सङ्कलनका लागि स्थलगत रुपमा खटिँदा सञ्चारकर्मीलाई हतोत्साहित गरिएको तथा समाजिक सञ्जालमा लेखेको आधारमा विभेदपूर्ण रुपमा साइबर अपराधमा मुद्दा चलाउने गरिएको जस्ता सूचनाहरु प्राप्त भएका छन् । मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मिडिया काउन्सिल विधेयक संसदबाट अझै पारित हुनसकेको छैन ।
नागरिकको संविधानप्रदत्त सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताको हकको प्रत्याभूतिका लागि सञ्चारकर्मीको अहम् भूमिका हुने हुँदा सुरक्षाकर्मी तथा जिम्मेवार निकायबाट सञ्चारकर्मीमाथि हुने गरेको दुव्र्यवहार र हतोत्साहित गर्ने कार्य कानुनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यता एवम् नेपालको संविधानको प्रस्तावनामै व्यवस्था गरिएको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया