आइतबार, वैशाख १३, २०८३

कञ्चनपुरमा एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

मेरोन्यूज २०८१ वैशाख २१ गते १९:१७

कञ्चनपुर। कञ्चनपुरमा एक जनाको घरमा आगलागी भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको हो।

Advertisement
NiccNicc

आज विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरले बताए।

उनको घरसहित गाई गोठमा आगलागी भएको हो। आगलागीबाट घर,गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ।  तीन वटा बाख्रा जलेर मरेका छन् भने एक भैँसी जलेर घाइते भएको छ।

प्रहरी निरीक्षक बुडाऐरका अनुसार घरमा राखिएको नगद पाँच लाख समेत जलेर नष्ट भएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
 

प्रतिक्रिया