आइतबार, वैशाख १३, २०८३

३० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

मेरोन्यूज २०८१ वैशाख २४ गते २१:२०

बुटवल।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।  

Advertisement
NiccNicc

जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो। 

तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया