आइतबार, वैशाख १३, २०८३

नक्कली नोटसहित एक महिला पक्राउ

मेरोन्यूज २०८१ वैशाख २५ गते १७:२१

जाजरकोट । नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement
NiccNicc

जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिलालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन्। इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले बताए।

प्रतिक्रिया