जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन् ।
मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिएका छन् ।
दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपालले अदालत जाने निष्कर्षमा पुगेको उनले बताए ।
जसपा नेपालले बुधबार कानुनी राय लिएर अदालत जाने बताइएको छ ।
यसैबीच पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधवार पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ । पत्रकार सम्मेलन बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यलय बालकुमारीमा हुने बताइएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसदले नयाँ दल गठन गर्दै जसपा बनाएका छन् ।















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया