नयाँ दल दर्ता प्रक्रिया नै असंवैधानिक छ, अदालत जान्छौं- अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा पार्टी दर्ता प्रक्रिया संवैधानिक रहेको बताएका छन् ।
जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गर्दै अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाए ।
उनले भने- ‘म अमेरिका जादा कार्यवाहक अध्यक्षको जिम्मेवारी नै दिएर गएको हुँ । विवाद थियो भने पार्टीमा छलफल हुनुपर्थ्यो । म बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्यो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोकल्पित थियो । पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारण पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ ।’
उनले पार्टी निर्वाचन र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत ऐन विपरीत पार्टी दर्ता भएको बताए ।
उनले भने- ‘संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे, नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि होला। त्यसैले हामी कोटमा चुनौती दिन्छौँ ।
अध्यक्ष यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारिएको बताउदै जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै रहेको जानकारी दिए । उनले नयाँ दल दर्ता प्रक्रियाको विरोधमा आफुहरु अदालत जाने समेत बताए ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया