टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालको प्रस्ताव- धनगढीमा पनि गरौं

धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन्। बधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन्।
सीप मेलाकाे अवलाेकनपछि उनले युवाहरूलाई स्वराेजगार बनाउन निकै सहयाेग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालकाे सीप मेलाकाे आयाेजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे।
‘युवाहरूसँग डिग्रीकाे प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेकाे खाँचाे हाे। यस्ताे खालकाे सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयाेजना गर्न हामी तयार छाैँ,’ मेयर हमालले भने, ‘तपाईंहरू आउनुहाेस्। हामी सहकार्य गर्न तयार छाैँ।’
उनले बजारकाे मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। ‘हिजाे तालिमका नाममा तालिमकाे ठेक्का पाउनेहरू मात्रै राेजगार भए,’ हमालले भने, ‘अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै राेजगार हुनेगरी काम हुनुपर्छ।’
काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघकाे सहकार्यमा टुँडिखेलमा आयाेजना भइरहेकाे सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएकाे छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए।
उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाकाे आवेदन परेकाे बताउँदै आगामी दिनमा सबैलाई तालिमकाे अवसर दिएर राेजगारीसँग जाेड्ने लक्ष्य लिइएकाे बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएकाे उनले बताए।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया