प्रधानमन्त्रीको राजीनामा माग गर्दै डा. केसीले सुरु गरे आमरण अनशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन्।
शनिबार अपराह्न ३ बजेदेखि उनले काठमाडौंको पशुपत क्षेत्रको मृगस्थलीबाट अनशन सुरु गरेका हुन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रधानमन्त्रीले पदबाट तुरुन्त राजीनामा दिनुपर्ने बताए।
उनले निष्पक्ष रुपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन्।
बृहत् शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवता विरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरू र दलहरू नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाए।
अनशन सुरु गर्नुअघि डा. केसीद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘हजारौं पीडितहरूले अहिलेसम्म न्याय पाएका छैनन्। अन्तर्राष्ट्रिय कानुन अनुसार पनि मानवता विरोधी र युद्ध अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय कम हुने तथा माफी हुने प्रावधान छैन।’
उनका अन्य मागमा सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निःशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने पनि रहेको छ।
डा. केसी ४ महिना देखि शान्तिपूर्ण ढंगले आन्दोलनरत थिए। सरकारलाई दिएको अन्तिम अल्टिमेटम अनुरूप आजसम्म माग पूरा नहुँदा पुन: सत्याग्रह सुरु गर्नुपरेको उनले जनाए।














सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया