मेष र वृषको दाम्पत्य जीवन सुखमय हुने, अन्य राशिकाे कस्ताे छ दिन?

आजमिति २०८१ साल वैशाख ३०गते आईतबार तदअनुसार मे १२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको पञ्चमी तिथी, आद्रा नक्षत्र, । घृति योग । चन्द्र राशि मिथुन । यो शुभ योग हो ।
यस्ताे छ आजकाे तपाईको राशिफल : –
मेष : सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। वुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ तर साँझमा झन्झटिलो कार्यमा समय खेरा जानसक्छ।
वृष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। जोशजाँगर र हिम्मत बढ्नेछ। वाहन वा भूमिबाट पनि लाभ रहला। स्वादिष्ट र सुखद् भोजन मिल्नेछ तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।
मिथुन : शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन्। सट्टेबाजी र सेयरबजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ।
कर्कट : स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। पारिवारिक समस्या आइपर्ला। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ।
सिंह : पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आकस्मिक धनलाभ हुनेछ। दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो पैसा कमाउन सकिएला।
सिंह : पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आकस्मिक धनलाभ हुनेछ। दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो पैसा कमाउन सकिएला।
तुला : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ। मनमा खुसियाली बढ्नेछ। स्वादिष्ट परिकार खान पाइएला। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्।
वृश्चिक : गलत निर्णय लिन पुगिएला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रिने डर छ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। मनमा चञ्चलता बढ्नेछ तर साँझमा शुभ समाचार सुन्नमा आउला।
धनु : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। जीवन सामान्य नै रहनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्ने तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।
मकर : रमणीय र सुखद् यात्राको योग छ। नयाँ वस्त्र उपहार पाइनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।
कुम्भ : तीर्थाटनको योग छ। अतिथिको रूपमा सत्कार पनि पाइनेछ। सेयरबजारको लगानीबाट भने राम्रै लाभ हुनेछ। पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ।
मीन : समय मध्यम खालको छ। आफ्नो विचार विपरित निर्णय हुनेछ। पुँजी बजारमा नोक्सानी हुनसक्छ। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला।









चलचित्र विधेयक संशोधनसहित अघि बढ्छ : सञ्चारमन्त्री खरेल
समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल
स्वास्थ्य प्रणाली सुधार नै सरकारको शीर्ष प्राथमिकता : स्वास्थ्यमनत्री डा गौतम
मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
नेपाल र चाइनिज ताइपेविरुद्धको खेलको पहिलो हाफ बराबरी
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया