आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदै छन् ।
आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ र यो खेलमा हार बेहोरेमा प्लेअफको यात्रा कठिन हुने देखिएको छ ।
त्यसैगरी राजस्थान रोयल्सको भने ११ खेलमा १६ अंक रहेको छ र दोस्रो स्थानमा छ ।
त्यस्तै आज दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच हुने छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
दुवै टिमका लागि प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । हाल बैंगलुरुको १२ खेलमा १० अंक रहेको छ भने दिल्लीको १२ खेलमा १२ अंक रहेको छ ।












मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया