बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित

बैतडी। बैतडीका तीन स्थानमा हालै आयोजना गरिएका निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राी लाभान्वित भएका छन् ।
शिवनाथ गाउँपालिकाको सुल्लेखान र सुर्नया गाउँपालिका तथा जिल्ला अस्पतालमा सम्पन्न शिविरबाट दुई हजारभन्दा बढी व्यक्ति जना लाभान्वित भएका हुन् । शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित शिविरबाट छ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए ।
शिविरमा आएकामध्ये एक सय ६ जनाको आँखाको मोतियाबिन्दु र चार जनाको आँखामा पलाएको मासुको शल्यक्रिया गरिएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले शिविरमा सेवा लिएकाले शल्यक्रियासहितको आँखासम्बन्धी सेवा पाएको बताए ।
यस्तै सुर्नया गाउँपालिकाको शङ्करपुर स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरमा आठ सय पाँच जनाले सेवा लिएकोमा ९५ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । यसअघि जिल्ला अस्पताल बैतडीमा वैशाख २७ र २८ गते गरी दुई दिन सञ्चालन भएको शिविरमा पाँच सय ६५ जनाले सेवा लिएका छन् ।















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया