बुधबार, पुष ३०, २०८२

क्यानले सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने

मेरोन्यूज २०८१ जेठ २ गते १८:३५

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी(२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने तयारी गरेको हो ।

यसअघि उनलाई गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। जिल्ला अदालतको आदेशसँगै उनलाई क्यानले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।

प्रतिक्रिया