एक्सन दृश्य सुटिङका क्रममा घाइते भए अभिनेता पल शाह
मेरोन्यूज
२०८१ जेठ ३ गते १७:५५

काठमाडौं । फिल्म ‘रावायण’को छायांकनको क्रममा अभिनेता पल शाह घाइते भएका छन् ।
सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा जारी छायांकनमा फिल्मको एक्सन दृश्य खिच्दै गर्दा पलको हातमा चोट लागेको बताइएको छ । यता यस विषयमा अभिनेता आफैंले पनि सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै जानकारी दिएका छन् ।
पलले लेखेका छन्, ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’ । उनले सेयर गरेको उक्त भिडियो हेर्दा स्थानीय स्वास्थ्य केन्द्रमा हातको उपचार भएको र उपचारपछि उनको हातमा पट्टि बाँधिएको छ । निर्माण टिमबाट प्राप्त जानकारी अनुसार चोट गहिरो रहेको र त्यसमा टाँका नै लगाउनु परेको बताइएको छ ।
सुदर्शन थापाले निर्देशन गरिरहेको यस फिल्ममा पल र पूजा शर्मा शीर्ष भूमिकामा छन् ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया