एक्सन दृश्य सुटिङका क्रममा घाइते भए अभिनेता पल शाह
मेरोन्यूज
२०८१ जेठ ३ गते १७:५५

काठमाडौं । फिल्म ‘रावायण’को छायांकनको क्रममा अभिनेता पल शाह घाइते भएका छन् ।
सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा जारी छायांकनमा फिल्मको एक्सन दृश्य खिच्दै गर्दा पलको हातमा चोट लागेको बताइएको छ । यता यस विषयमा अभिनेता आफैंले पनि सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै जानकारी दिएका छन् ।
पलले लेखेका छन्, ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’ । उनले सेयर गरेको उक्त भिडियो हेर्दा स्थानीय स्वास्थ्य केन्द्रमा हातको उपचार भएको र उपचारपछि उनको हातमा पट्टि बाँधिएको छ । निर्माण टिमबाट प्राप्त जानकारी अनुसार चोट गहिरो रहेको र त्यसमा टाँका नै लगाउनु परेको बताइएको छ ।
सुदर्शन थापाले निर्देशन गरिरहेको यस फिल्ममा पल र पूजा शर्मा शीर्ष भूमिकामा छन् ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया