सामाजिक सद्भाव कायम राख्न मधेशका सुरक्षा प्रमुखहरूको छुट्टै सुरक्षा रणनिती

रौतहट । विगतमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा भएका साम्प्रदायिक विवादका कारण शान्ति सुरक्षामा देखिएको चुनैतिलाई विशलेषण गर्न र विभिन्न धर्मिक समुदाय विच सद्भाव कायम राख्न मधेसका सुरक्षा प्रमुखहरु सक्रिय भएका छन् ।
गत फागुन ३ गते साम्प्रदायिक विवाद भई लामो समय कर्फ्यु लगाएको स्थान रौतहट जिल्ला ईशनाथ न.पा-७ घिउरा स्थित फैजुल उलुम मदरसा र शिव मन्दिरमा हिन्दु र मुस्लिम समुदायका अग्रज तथा स्थानीयबासीहरुसँग अन्तरक्रिया आयोजना गरिएको छ ।
सामाजिक सद्भाव कायम राख्न आ-आफ्नो धार्मिक क्रियाकलापहरु भद्ररुपमा गर्ने, अन्य समुदायको कार्यक्रममा कुनै व्यवधान नगर्ने, सीमा ईलाकामा भएका व्यावहारिक समस्याहरुलाई समाधान गर्न आवश्यक पहल गर्ने विषयमा छलफल केन्दीत रहेको थियो ।
कार्यक्रममा मधेश प्रदेशका सुरक्षा निकायका प्रमुखहरु प्रहरी नायव महानिरीक्षक निरीक्षक यज्ञ बिनोद पोख्रेल, सशस्त्र प्रहरी नायव महानिरीक्षक निरीक्षक दीपेन्द्र शाह, अनुसन्धान निर्देशक संजयकुमार यादवलगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले विकासका लागि शान्ति अपरिहार्य रहेकाले स्थानीयलाई गम्भीरतापूर्वक सामाजिक सद्भावना कायम राख्न अनुरोध गरेका थिए ।
स्थानीयहरुले विगतको घटनाको समीक्षा गर्दै आगमी दिनमा सामाजिक सद्भावमा असर पार्ने कुनै पनि किसिमको क्रियाकलाप दोहोरिन नदिने प्रतिवद्ता कार्यक्रममा गरेका थिए।
जिल्लामा भएका घटनाहरुको सरोकारवाला हरुसँग प्रदेशका सुरक्षा निकायमा प्रमुखहरुसँगै सुरक्षाको समीक्षा गरेको र आफ्ना समस्याहरु समेत प्रत्यक्ष सुनाउन पाउँदा स्थानीयहरू खुशी हुनका साथै थप सुरक्षाको अनुभुति भएको बताए । यस किसिमको कार्यक्रम अन्य सम्वेदनशिल ठाउमा पनि निरन्तर आयोजना गर्ने तयारी मधेसका सुरक्षा प्रमुखहरुले गरेका छन् ।



















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया