मुम्बईका कप्तान हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना
मेरोन्यूज
२०८१ जेठ ५ गते १७:०४

काठमाडौँ। मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ ।
मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको हो । यो सिजनमा मुम्बईको तेस्रो पटक स्लो ओभर रेट भएका कारण हार्दिक निलम्बनमा परेका हुन् ।
अब हार्दिकले आईपीएल २०२५ सिजनको पहिलो खेल खेल्न पाउने छैनन् ।
मुम्बईले यस सिजनमा समूह चरणका सबै १४ खेल खेलेको छ र यस सिजनमा मुम्बई पुछारमा रहेको छ ।
यस सिजनमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक खेलको निलम्बन गरिएको थियो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया