एमाले बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी
मेरोन्यूज
२०८१ जेठ ७ गते १२:१४

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए ।
शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी भए । उनले तीन सय १३ मत प्राप्त गरे । उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत हुन् ।
सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी भए, भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिए । कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।
सम्बन्धित
















Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया