श्रममन्त्री अर्यालको सम्पत्ति : १२ ठाउँमा जग्गा, १५० तोला सुन

काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्री डीपी अर्यालले आफ्नो सम्पत्ति विवरणमा १२ स्थानमा रहेको जग्गा, काठमाडौंमा घर, सुन, बैंक खातामा रहेको नगद देखाएका छन् ।
अर्यालले धादिङ, काठमाडौं, लमजुङ र भक्तपुरमा रहेका जग्गा देखाएका छन् । धादिङ र काठमाडौंमा रहेका जग्गा अम्बिका केसीको नाममा रहेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । लमजुङ र भक्तपुरमा रहेको जग्गा आफ्नो नाममा रहेको अर्यालले सम्पत्ति विवरण देखाएका छन् ।
१२ ठाउँमा रहेको जग्गाको मूल्य ५ करोड, २८ लाख रुपैयाँ बराबरको रहेको अर्यालले सम्पत्ति विवरणमा देखाएका छन् । निजी कमाई र व्यापारबाट सम्पत्ति जग्गा किनिएको अर्यालले उल्लेख गरेका छन् ।
अर्यालसँग सुन १५० तोला, चाँदी १०० तोला र हिरा १० तोला रहेको छ । पाँच बैंक र एक सहकारीमा अर्याल र श्रीमती अम्बिका केसीका नाममा रकम देखाएका छन् । वित्तिय संस्थामा दुुई जनाको नाममा २ करोड १८ लाख रुपैयाँ छ । उक्त सम्पत्ति व्यापारबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
अर्याल र श्रीमती केसीका नाममा ६७ हजार कित्ता शेयर रहेको छ । उनीसँग एक करोड २५ लाख ४३ हजार रुपैयाँमा किनेको प्राडो कार छ । अर्यालको स्वामित्वमा स्वयम्भु स्टार व्याङ्केट, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि, इजि लिंक र एपीए ह्याण्डीक्राफ्ट रहेको छ । दुई करोड २३ लाख बराबरको उक्त सम्पत्ति निजी कमाईका आधारमा जोडेको अर्यालले सम्पत्ति विवरणमा लेखेका छन् ।
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया