‘पुजार सार्की’ काे ४ दिनमा कमाइ कति ?

काठमाडौं । गत बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पुजार सार्की’ले यतिबेला ब्लकबस्टर व्यापार गरिरहेको छ ।
रिलिजको ४ दिन पुरागरिसकेको यस फिल्मले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको थियो । फिल्मले यस दिन झन्डै १ करोड हाराहारीमा कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
यस्तै दोस्रो दिन शुक्रबार करिब २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ ।
फिल्मले रिलिजको तेस्रो दिन शनिबार भने फेरी उकालो लाग्दै झन्डै १ करोड बराबरको व्यापार गरेको बताइएको छ । यस्तै आइतबार भने २० लाखसम्म कलेक्शन भएको बुझिएको छ ।
‘पुजार सार्की’ रिलिजको आज पाँचौँ दिनपनि काठमाडौं र बाहिरका उल्लेख्य हलमा दर्शकको चाप देखिएको छ। मङ्गलवार गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा भएकोले यो चलचित्रले दर्शकलाई पुनः हलमा फर्काउने विश्वास गरिएको छ।
दिनेस राउतले निर्देशन गरेको यस फिल्ममा तीन ठूला स्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा देखिएका छन्। उनीहरुबाहेक अञ्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ।
फिल्ममा जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा देखाइएको छ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया