आइपिएलमा कुन खेलाडीले के अवार्ड जिते?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) ले नयाँ च्याम्पियन पाएको छ । गएराती सम्पन्न फाइनल खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो ।
कोलकोताले उपाधि जितेकोमा २० करोड भारु पुरस्कार पाएको छ । उपविजेता सनराइजर्सले १२ करोड ५० लाख भारु नगद पुरस्कार पाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले ६ करोड ५० लाख भारु नगद पाएको छ ।
फाइनल खेलेका कोलकाता र हैदरावादका खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन् । सुनिल नारायणले सर्वाधिक २ अवार्ड पाए । त्यस्तै यस आइपिएलमा सर्बाधिक ७४१ रन बनाएका बैंगलुरुबाट खेलेका विराट कोहलीले ओरेन्ज क्याप जितेका छन् ।
त्यस्तै यस सिजनमा सर्बाधिक २४ विकेट लिएका पञ्जावबाट खेलेका हर्षल पटेलले पर्पल क्याप पाए । त्यस्तै प्रतियोगितामा ४८८ रन र २१ विकेट लिएका कोलकोताबाट खेलेका सुनिल नारन प्लेयर अफ द टुर्नामेन्ट बने । त्यस्तै यस सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि सनराइजर्सका नितिश रेड्डीले जितेका छन् । उनले यस सिजनमा ३०३ रन बनाए भने ३ विकेट समेत लियका थिए ।
त्यस्तै यस सिजनमा सनराइजर्सका अभिषेक शर्माले सर्बाधिक ४२ छक्का प्रहार गरेका थिए भने सनराइजर्सकै ट्राभिस हेडले सर्बाधिक ६४ चौका प्रहार गरेका थिए ।
त्यसैगरी कोलकोताका रामनदीप सिंहले लखनउविरुद्ध लिएको क्याच प्रतियोगिताकै उत्कृष्ट क्याच बनेको थियो । उनले लखनउका ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई सो क्याच लिएर आउट गरेका थिए ।
त्यसैगरी यस सिजनमा अल्टिमेट फेन्टासी प्लेयर सुनिल नारन बने भने उत्कृष्ट स्ट्राइकरेट दिल्लीबाट खेलेका ज्याक फ्रेजर म्यागर्कको रहेको थियो । उनले २३४.०४ को स्ट्राइकरेटले ९ खेलमा ३३० रन बनाएका थिए ।
सबै व्यक्तिगत अवार्ड विजेतालाई १०-१० लाख भारु नगद पुरस्कार दिइएको थियो ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया