माग सम्बोधन नभएको भन्दै राप्रपाले प्रदर्शन गर्ने
मेरोन्यूज
२०८१ जेठ १४ गते १७:२२

काठमाडौं । राप्रपाले दबावमुलक प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको सोमबार सकिएको बैठकले ४० बुँदे माग अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
सुशासन, विकास र सेवाप्रवाहसँग सम्बिधत माग तत्काल सम्बोधन गर्न र दीर्घकालीन माग र मुद्दाहरुमा सबै दलहरुबीच नविन समझदारी निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
साथै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्दोलनको स्वरुप निर्धारण गर्ने जिम्मेवारी आन्दोलन परिचालन समितिलाई दिएको छ ।
बैठकले भ्रष्टाचार, जनजीविका र समसामयिक विषयमा दबावमुलक प्रर्दशन गर्ने समेत निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।
सम्बन्धित















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया