बर्दियामा तीन दिन विद्यालय बन्द

बर्दिया । बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले तीन दिन विद्यालय बन्द गरेका छन् । बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकाले यही जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गरेका हुन् ।
गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएपछि नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।
तीन दिन बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्नरगराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ । भोलि अर्थात् मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताए ।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेका छन् ।
गर्मीका कारण ‘लू’ लागेका, पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरो पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

















उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया