साउदी लिगमा रोनाल्डोको किर्तिमान

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ किर्तिमान बनाएका छन् । गएराती सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए ।
यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ किर्तिमान बनाएका हुन् । रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन् ।
रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए ।
रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् ।
अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहदै अल हिलालले जितेको छ ।
अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया