सोमबार, माघ ५, २०८२

विकल पौडेललाई थुनामा पठाउन आदेश

मेरोन्यूज २०८१ जेठ १६ गते २०:०३

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा राखी मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत जेठ ९ गते पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया