शुक्रबार, वैशाख २५, २०८३

मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै

मेरोन्यूज २०८१ जेठ १७ गते २०:३५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनकपुरमा यही जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ को आयोजना गर्ने भएको छ ।

Advertisement
NiccNicc

नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलाको आयोजकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिका छन् भने सहआयोजकमा नेपाल उद्योग परिसङ्घ छ ।

पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्नेमा विश्वास व्यक्त गरे ।

“मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ”, उहाँले भन्नुभयो, “मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाको ज्ञान, सीप, क्षमताका आधारमा माग सङ्कलन गरिनेछ ।”

श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकमा उत्साह थपिएको बताए। यो मेलामा सहभागिताका लागि ३५ वटा प्रदर्शनी कक्षमध्ये ३० वटा बुकिङ भइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया