शुक्रबार, वैशाख २५, २०८३

मधेस आन्दोलनमा ढलेको पूर्वप्रमको सालिक फेरि ठडियो

मेरोन्यूज २०८१ जेठ १८ गते १०:५७

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ ।

Advertisement
NiccNicc

नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक निर्माण गरेर पुनःस्थापना गरिएको बताए ।

“मधेस आन्दोलनको क्रममा गिरिजाबाबुको सालिक भत्काए पनि उनको विचार र आदर्शलाई भत्काउन सकिँदैन”, उनले भने, “मधेस, पहाड र हिमालका जनताले पूर्वप्रम कोइरालले लोकतन्त्र स्थापनाका निम्ति गरेकाे योगदान नेपालीले नबिर्सने मेरो विश्वास छ ।”

उनले सालिक निर्माण रु ११ लाख र अन्य पूर्वाधार निर्माणमा रु पाँच लाख खर्च भएको बताए। “प्रदेश सरकारको करिब रु १६ लाख बजेटमा कोइरालाको पूर्णकदको सालिकसहितका अन्य संरचना तयार पारेका छौँ”, उनले भने, “कोइरालाको एक सय एकऔँ जन्मजयन्तीका अवसरमा सालिक अनावरण गर्ने कार्यक्रम छ ।”

आगामी असार १८ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायत नेताको उपस्थितिमा सालिक गरिने छ । श्री कोइरालाको नेतृत्वमा दशवर्षे सशस्त्र जनयुद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा समाहित गरिएको हो ।

प्रतिक्रिया