पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स श्रीलंका जाने

काठमाडौं । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएका छन् ।
प्रिन्स कोलम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन् । उनको प्रशिक्षण जुन २ तारिखदेखि सुरु हुनेछ । उनलाई इन्डोनेसियाको राष्ट्रिय टिम सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिनेछन् ।
प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भइसकेका छन् । प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलंका जानेछन् ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरेका छन् । सो अवसरमा सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन संघलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘ट्रेनिङ प्लान’ पेस गर्न निर्देशन दिंदै नेपाली प्रशिक्षकको पनि स्तरवृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससँगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको जानकारी दिए ।
‘ओलम्पिक यात्रासम्म प्रिन्सका लागि के गर्नुपर्छ । सम्पूर्ण विवरण समेटेर ‘ट्रेनिङ प्लान’ परिषद्मा पेस गर्नुहोला । परिषद्ले सक्दो सहयोग गर्नेछ,’ सदस्य–सचिव घिसिङले भने, ‘प्रिन्ससँगै प्रशिक्षकलाई पनि पठाउनुको उद्देश्य प्रशिक्षकले पनि सिक्ने अवसर प्राप्त गरुन् भन्ने हो । त्यहाँ सिकेको सीपले नेपाली खेलाडीलाई फाइदा पुग्ने हो ।’















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया