महानगरको श्रम बैंकमा चार हजारभन्दा बढीको आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ ।
कामपाले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन प्राप्त भएको कामपा श्रम बैङ्कका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार कामपाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको थियो ।
“यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ”, उनले भने।
कामपाले श्रम बैङ्कमा आएकामध्येबाट अहिले छ सयजना छनोट गरी कामपामा खटाएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ ।
आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशपक्ति रहेको कामपाले जनाएको छ । “बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको हो”, उाले भने, “कामपाले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार सम्पर्क नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ ।”
सोही विवरणका आधारमा आवश्यकता पर्ने जो सुकैले श्रमिकलाई काममा लगाउन र उचित पारिश्रमिक दिन सक्नेछन् । चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ ।
आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने छ । श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ ।
यस कार्यक्रमले आवश्यक श्रमशक्तिको उपलब्धता सहज हुनेछ ।उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था छ ।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया