२१ बुँदे प्रस्ताव पारित गर्दै एमालेको महिला भेला सम्पन्न

काठमाडौँ । २१ बुँदे प्रस्ताव पारित गर्दै नेकपा ९एमाले० को दुई दिने राष्ट्रिय महिला भेला सम्पन्न भएको छ । भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाइको लागि पार्टी नेतृत्वसँग माग गरेको छ ।
त्यसैगरी भेलाले सबै किसिमका विभेद र हिंसा अन्त्यको विषयलाई आफ्नो मुख्य र साझा मुद्दाको रूपमा स्वीकार गर्दै नेकपा (एमाले) को मार्ग निर्देशनमा आ–आफ्नो ठाउँबाट व्यापक अभियान सञ्चालन गर्न साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
भेलाले एमालेमा हाल महिला सदस्य अनुपात करिब २७ प्रतिशत मात्र रहेको तथ्यलाई आत्मसात् गर्दै आगामी दिनमा सदस्य सङ्ख्याका साथै पार्टी र जनसङ्गठनका सबै संरचनामा महिलाको ५० प्रतिशत सहभागिता पुर्याउने लक्ष्यसहित विशेष अभियान सञ्चालन गर्न आग्रह गर्दै आ–आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गरेको छ ।
‘नेकपा एमाले, जनसङ्गठन समन्वय संयन्त्रद्वारा आयोजित राष्ट्रिय महिला भेलाद्वारा पारित प्रस्तावहरू सामाजिक उत्पीडनको सबैभन्दा प्रखर रूप, लैङ्गिक विभेद हो । यसको अन्त्यका लागि हामी प्रतिबद्ध छौ’, पारित प्रस्तावमा भनिएको छ । भेलाको जेठ १६ गते पूर्वराष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेकी थिइन् ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया