सङ्खुवासभामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
जिल्ला ब्याडमिन्टन सङ्घले आज खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगिता यही असार ६ देखि ८ गतेसम्म हुने जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने पुरुष डबलतर्फ रु ६०र६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५र३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १०र१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तैगरी, भेट्रान्सतर्फ रु ५०र५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३०र३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
ब्याडमिन्टन प्रतियोगिता खाँदबारी(१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डो स्टेडियममा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको छ ।
















मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया