बुधबार, पुष ३०, २०८२

सङ्खुवासभामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

मेरोन्यूज २०८१ जेठ १८ गते २१:१६

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

जिल्ला ब्याडमिन्टन सङ्घले आज खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगिता यही असार ६ देखि ८ गतेसम्म हुने जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने पुरुष डबलतर्फ रु ६०र६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५र३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १०र१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तैगरी, भेट्रान्सतर्फ रु ५०र५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३०र३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी(१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डो स्टेडियममा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया