बुधबार, वैशाख १६, २०८३

चुरे संरक्षण पदयात्रा टोलीद्वारा राजधानीमा र्‍याली

मेरोन्यूज २०८१ जेठ १९ गते २०:४९

काठमाडौं। चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले आज राजधानीमा र्‍याली निकालेको छ।

Advertisement
NiccNicc

सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा समूहले समग्र देश र मधेसलाई मरुभूमि हुनबाट जोगाउन चुरो दोहनलाई तत्काल रोक्न माग गर्दै आएको छ।

तराई(मधेसको मुख्य पानीको स्रोतका रूपमा रहेको चुरेबाट रोडा, ढुंगा र गिट्टी निकाल्ने नाममा भइरहेको दोहनका कारण तराई मरुभूमिमा परिणत हुने सम्भावना बढेकाले त्यस क्षेत्रका किसान टोली राज्यलाई दबाब दिन पदयात्रा गर्दै केही दिनअघि काठमाडौं आइपुगको हो।

उनीहरुले चुरे वनजंगल संरक्षण–संवर्द्धन, दलित भूमिहीन तथा सुकुम्बासीको भूमि अधिकारको माग तथा चुरेको अवैध उत्खनन, सिर्सियालगायका नदी प्रदूषण एवं अतिक्रमण रोक्न दबाब सिर्जना गर्ने हेतुले सप्तरीको भारदहबाट बाराको पतथलैया हुँदै काठमाडौंसम्मको पदयात्रा गरेका थिए।

विगत केही वर्ष चुरे क्षेत्रबाट नदीजन्य पदार्थ गिट्टी, रोडा, ढुंगा उत्खनन र निकासीमा रोक लगाएकामा पछिल्लो समय त्यसमा फुकुवा गरेपछि आसपासका जनता अवैध उत्खननलाई रोक्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। पछिल्लो समय तराईमा पानीको सतह घटेकाले कतिपय ठाउँमा खानेपानीकै समस्य विकराल रूपमा देखिएको छ।

पदयात्राका टोलीका राष्ट्रिय संयोजक सुनिल यादव १० दिनदेखि माइतीघर मण्डलामा चुरे संरक्षणका मुद्दा लिएर धर्नामा बस्दासमेत सरकारले बेवास्ता गरेको गुनासो गरे।

प्रतिक्रिया