उपाध्यक्ष पद मान्छेहरूको स्वार्थ बिसाउने चौतारोमात्रै हो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघमा नेतृत्वको लफडा नल्याउन निर्देशन दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नेतृत्व चयनमा अप्ठेरो परे पार्टीमा आउन निर्देशन दिए ।
उनले भने, ‘युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस्, सुन्नै नपरोस् । नेतृत्व र पदका लफडा । अप्ठेरो पर्यो भने पार्टीमा सोध्न आउनुस्, कसलाई बनाउने हामी भन्दिन्छौं । हामीले कामको मूल्यांकन गरेर बसेका छौं नभनेका मात्रै हौं । हामी धेरै भन्दैनौं, कसको कहाँ सच्याउनुपर्ने, तर अध्यक्ष एउटै हुने हो ।
उपाध्यक्ष ७ वटा चाहिने कुरा होइन, तैपनि पार्टीमा पनि छ उपाध्यक्ष, तर चाहिने कुरा होइन । मान्छेहरुको स्वार्थ बिसाउने ठाउँ चाहिने नि त चौतारो । त्यो स्वार्थ बिसाउने ठाउँमा मात्रै हो । प्रदेश(प्रदेशमा उपाध्यक्ष चाहिँदैन भन्छ । किन चाहिएको छ रु सकेसम्म सच्याउनुस् ।’
अध्यक्ष ओलीले पार्टीको मिसनमा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । राष्ट्रिय एकताको विपरीतमा हुने कुनै काममा नलाग्न उनले निर्देशन दिए ।
















म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया