मुम्बईबाट आएका यात्रुको ट्राउजरभित्र आधा केजी सुन
मेरोन्यूज
२०८१ जेठ २० गते २०:४३

काठमाडौँ । भारतको मुम्बईबाट आइतबार काठमाडौं उत्रिएका यात्रुले लगाएको ट्राउजरबाट आधा किलोग्राम सुन बरामद भएको छ ।
इन्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५७ बाट आइतबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका गुल्सन पाण्डेले लगाएको पाइजामा भित्र आधा केजी सुन बरामद भएको हो ।
पाण्डेले पाइजामाको भित्री भागमा लेपन गरेर लुकाएको अवस्थामा ५९८ ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।
उनले विमानस्थलको अध्यागमन कार्यालयमा भारतीय मतदाता कार्ड नम्बर आरआईएन ३२२२४७ देखाएका थिए । भन्सार चेकजाँचबाट छिरेर विमानस्थलबाट बाहिरिने क्रममा उनी पक्राउ परेका हुन् । उनलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया