बिहीबार, चैत १२, २०८२

तारकेश्वरमा एमालेलाई हार्ने छुट छैन : नेता पोखरेल (भिडियाे)

मेरोन्यूज २०८१ जेठ २१ गते १८:०१

काठमाडौं । नेकपा एमालेका पोलिब्युरो सदस्य आन्नद पोखरेलले नेकपा एमालेलाई आगामी ८४ सालमा हुने स्थानीय तहको निर्वाचनमा हार्ने छुट नभएको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार एमाले तारकेश्वर नगर कमिटीले एमाले काठमाडौं जिल्ला अधिवेशनको पुर्वसन्ध्यामा जरङखु बाट साङला सम्म आयोजना गरेको दौड प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेता कार्यकता पाटीको संगठन काममा लाग्न र आगामी स्थानीय तहको निर्वाचन जित्ने गरि जनताको काममा लाग्न आग्रह गर्दै काठमाडौं जिल्ला सम्मेलन सफल बनाउन लाग्न आग्रह गरे ।

नेकपा एमाले तारकेश्वर नगर कमिटी सचिव रविन्द्र केसीले नेकपा एमाले काठमाडौं सातौ जिल्ला अधिवेशनको पुर्वसन्ध्यामा काठमाडौंका प्रत्यक स्थानीय तहको कमिटीले एक रचनात्मक कार्यक्रम गर्न अनुसार उक्त दौड प्रतियोगिता आयोजना गरेको बताए। तारेश्वर नगर कमिटी अध्यक्ष बासु गौतमले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिएका थिए ।

उक्त पाच किमि दौडमा प्रथम सञ्जय महर्जन दितिय अलिस तामाङ तितिय विरेन्द्र मगर भएका थिए। प्रतियोगितामा विजयी धावकलाई नेता आन्नद पोखरेलले प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए।

प्रतिक्रिया