बुधबार, चैत २५, २०८२

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ११ देशका ३५ फिल्म प्रदर्शन हुँदै

मेरोन्यूज २०८१ जेठ २४ गते २१:५०

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको छ। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ ओपनिङ हुने फेस्टिभलको समापनमा फिडेल देवकोटाको ‘द रेड सुटेकस’ देखाइनेछ।

Advertisement
nepal life insurencenepal life insurence

पाकिस्तानी मुलका अमेरिकी इराम परविन बिलालद्वारा निर्देशित ‘बाख्री’ र इरानका मिराब्बास खोस्राविनेजेहाद निर्देशित ‘परविन’ लगायतका फिल्म लाइनअपमा समावेश छन्।

मेरिल्याण्ड राज्यमा ६ असारदेखि ९ (जुन २० देखि २३)सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन्।

महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ। ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ्न।

फ्लोरिडाको ग्लोबल पिस फिल्म फेस्टिभलसँगको सहकार्यमा दुई फिल्म स्क्रिनिङ हुनेछन्। यसवर्ष अमेरिकी निर्देशक रोबर्ट ई फ्रेको ‘इन सर्च अफ रिजोलुसन’ र जर्मन निर्देशक रिक मिनिकको ‘द स्ट्रेट गाइज’ स्क्रिनिङ हुनेछन्। यी दुई फिल्म फेस्टिभलले सुरुवातदेखि सहकार्य गरिरहेका छन्।

राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ।

महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि संचालन हुने जनाइएको छ। मेरिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ।

सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ। फेस्टिभल प्रमुख पूर्णसिंह बराइलीले यसवर्षको संस्करणलाई भव्य तुल्याइने बताए। फेस्टिभलमा अमेरिकास्थित नेपाली डायस्पोराको उत्साहजनक सहभागिता हुने जनाइएको छ।

कुन खण्डमा कुन फिल्म?

१) ग्लोबल पिस फिल्म फेस्टिभल

इन सर्च अफ रिजोलुसन (डकुमेन्ट्री, नेपाल)
द स्ट्रेट गाइज (डकुमेन्ट्री, जर्मनी)

२) स्पटलाइट

वखरी (फिचर ड्रामा, पाकिस्तान–अमेरिका)

३) फिचर

अलि भर्सेस अलि (डकुमेन्ट्री, इरान)

डाइभर्सिटी प्लाजा (डकुमेन्ट्री, नेपाल–अमेरिका)

मम (डकुमेन्ट्री, मेक्सिको)

नोर्चा : द अर्थक्वेक (डकुमेन्ट्री, इटाली)

ढोरपाटन– नोट विन्टर होलिडेज (डकुमेन्ट्री, नेपाल)

प्रवीण (कथानक, इरान)

४) डीएमभी, क्लोजअप

लेट हर सिंग (अमेरिका)

मेरा दादु (कथानक, अमेरिका–भारत)

टेन डेज इन सेप्टेम्बर १९५६ (डकुमेन्ट्री, अमेरिका)

५) सर्ट

असुरा :द डेमोन विदिन (हरर, सस्पेन्स–अमेरिका)

बनकरिया (डकुमेन्ट्री, अमेरिका)

बिअरर अफ ग्लास बिड्स (डकुमेन्ट्री, नेपाल)

ब्रेक (ड्रामा, नेपाल)

छाउपडी (डकुमेन्ट्री, नेपाल)

डान्सिङ इन फायर (डकुमेन्ट्री, नेपाल)

धेय ड्रीम्स (डकुमेन्ट्री, नेपाल)

म्याचुअर (ड्रामा, जर्मनी)

नो मोनास्ट्री नो भिलेज (डकुमेन्ट्री, जर्मनी)

न्यांगा (डकुमेन्ट्री, मेक्सिको)

पाल एलन द वल्र्ड (ड्रामा, बेलारुस)

रेमिङ्टन (डकुमेन्ट्री, मेक्सिको)

रेमन्यान्ट्स (नेपाल, स्पेन)

रोशी (नेपाल)

सनई (नेपाल)

स्कुल बेन्चेज (इरान)

स्ट्रिट फोटोग्राफर (भेनेजुएला)

सुवास (द एक्रोपाइलट)

अनकम्पिलटेड (नेपाल, अमेरिका)

हु (द कल्प्रिट)

वाइन्डहर्स (नेपाल)

प्रतिक्रिया