बास्केटबल टोली चीन जाने

काठमाडौँ। छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्नेभएको छ ।
यही जेठ २९ देखि ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा मनिष केसी (कप्तान), निकेश राखल मगर, सुदीप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा भने सुशील गुरुङ रहेका छन् ।
चीनकै युनानमा गत वैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो । कप्तान मनिष र निकेश त्यो टोलीका सदस्य थिए ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव टङ्कलाल घिसिङ र नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गरे । सदस्य(सचिव घिसिङले चीनमै नेपाली पुरुष टोलीले स्वर्ण जितिसकेको स्मरण गर्दै वर्तमान टिमले पनि त्यही सफलता दोहोर्याउने विश्वास व्यक्त गरे ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया