रौतहटको गौरस्थित हार्डवेयरमा आगलागी, लाखौंको सामान जलेर नष्ट

रौतहट । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागि बाट लाखौंको सामान जलेर नष्ट भएको छ ।
गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५ लाख भन्दा बढीको सामान जलेर नस्ट भएको हो । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागि बाट लाखौंको सामान जलेर नष्ट भएको छ।
गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५ लाख भन्दा बढीको सामान जलेर नस्ट भएको हो ।
महतो हार्डवेयर गोदाममा शुक्रवार राती पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रङ्ग ,पेन्ट बनाउने मेसिन २ थान , ल्यापटेप -२ थान,मोटर -१६ थान ,सिपिभिसी फिटिङ्ग ,पिभिसी फिटिङ्ग, पल्मबिङ्गका सामाग्री ,सयौ थान रंग पेन्टका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ। हार्डवेयरको उक्त गोदाम संगै अर्को गोदाम , हार्डवेयर पसल र रामबाबू मोटरसाइकल वर्क सपमा समेत आंशिक क्षती पुगेको छ।
हार्डवेयर गोदाम पसलमा भएको आगलागि बाट ५० लाख बढीको क्षति भएको महतो हार्डवेयर सञ्चालक बिरेन्द्र कुशवाहाले बताएका छन् । आगोको मुस्लो हेरेर स्थानीयले हो-हल्ला गर्दा गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण भएको थियो।
बिद्युत सर्टसर्किट भएर आगलागि भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले आगलागीबाट १५ लाख भन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जानकारी दिएकी छिन् ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया