हेटौँडा अस्पतालद्वारा प्रकोप व्यवस्थापनको अभ्यास
मेरोन्यूज
२०८१ जेठ २९ गते ११:४७

हेटौँडा । हेटौँडा अस्पतालले सोमबार प्रकोप व्यवस्थापनको अभ्यास गरेको छ । त्रिखण्डीमा सिमुलेसन गरिएको सवारी दुर्घटनाका नाटकीय घाईतेहरूलाई उपचारको लागि अस्पतालमा ल्याई अभ्यास गरिएको हो ।
अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गण नम्बर १४, प्रहरी अस्पताल र ओल्ड हेल्थ अर्जनाइजेसनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । यस्तो अभ्यास हेटौँडा अस्पतालमा पहिलोपटक गरिएको बताइएको छ । अस्पतालका मेसु डा. श्रीधर अर्यालले प्रकोपको अवस्थामा पूर्व तयारीको लागि यो अभ्यास गरिएको जानकारी दिए ।
त्रिखण्डीमा गरिएको सिमुलेसन अभ्यासपछि नाटकीय घाईतेहरूलाई अस्पतालमा ल्याई उपचार अभ्यास गरिएको थियो । अस्पतालले आगामी दिनमा यस्ता अभ्यास निरन्तर गर्ने योजना बनाएको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया