जब अमरेशकुमार संसद्को रोष्टममा नबोली उभिइरहे…

काठमाडौँ। स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय रोस्टममा उभिएरै छलफल रोक्न सभामुखसँग माग गरे ।
त्यसअघि संसद् देखावटी मात्र भएको बताएका उनले मन्त्रीहरुले सांसदले मागेको प्रश्नको जवाफ नदिने गरेकोप्रति चित्त दुखाए । ‘यहाँ छलफल भैरहेको छ, स्वास्थ्य मन्त्रीज्यु हुनुहुन्न । म प्रश्न गर्न चाहन्छु । स्वास्थ्यमन्त्री मलाई चाहिन्छ । नत्र म यही उभिरहन्छु’ अमरेशले भने ।
त्यसपछि सभामुख देवराज घिमिरेले एकछिन रोस्टममै रोकिन सिंहलाई आग्रह गरे । ‘माननीयजी एकछिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुनसक्छ । यही कतै हुनुहुन्छ । उहाँ नआउन्जेल माननीयजीहरू एकछिन धैर्यतासाथ रहनुहोला’,सभामुख घिमिरेले मुस्कुराउँदै भने ।
४० सेकेण्ड बढी अमरेश रोष्टममा नै मौन बसेका थिए । स्वास्थ्यमन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरेसँगै सभामुखले भने,‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुहोस् ।’
त्यसपछि छलफललाई अगाडि बढाएका सांसद सिंहले मधेश प्रदेशमा रेफरल अस्पताल नबनाएकोमा मन्त्री यादवलाई प्रश्न गरे । ‘के कारणले मधेशमा रेफरल अस्पताल छैन ?’
उनले मधेशमा काजमा परेका एमबीबीएस डाक्टरहरु काठमाडौंमा नै बसिरहेको उल्लेख गर्दै उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
‘हरेक प्रदेशमा मेडिकल कलेज बनेका छन । सरकारले मधेश प्रदेशमा मेडिकल कलेज कहिले बनाउने ? मधेश प्रदेशलाई बजेटमा जहिले पनि उपेक्षित किन गरिन्छ ?’ उनले प्रश्न गरे ।
यस्तै, छलफलको क्रममा सांसद सिंहले अर्थ मन्त्रालय नेपालीको नभइ विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाएका छन् ।
सांसद सिंहले नेताले जनता ठग्नेबाहेक केही काम नगरेको भन्दै नैतिकताको खडेरी परेको चर्चा गरे ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया