नेपालमा रगतको सही उपयोग र उचित प्रयोग नहुँदा अभाव

काठमाडौं । रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्याममा पढ्ने र सुन्ने गरेका छौँ ।
नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ ।
रगतलाई सही प्रयोग गरेको खण्डमारगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ । नेपालमा हाल वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख पिन्ट रगत आवश्यक हुने गरेको छ ।
एकातर्फ रक्तदान गर्ने युवाहरु दिन प्रतिदिन रोजगारी र पढाईको सिलसिलामा विदेशीएका छन् भने अर्कातर्फ रोगी र
वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्गसमेत घटिरहेको छ । तर वार्षिक रुपमा नेपालभर जम्मा ३ लाख पिन्ट मात्र
रगत संकलन हुँदै आएको छ ।
यो डाटालाई हेर्ने हो भने पनि नेपालमा अझै वार्षिक १ लाख पिन्ट रगत अपुग भएको
देखिन्छ । तर त्यो ३ लाखबाट ९ लाख रक्ततत्व बनाउन सकिन्छ। यसकारणले हेर्ने हो भने रगतको मागभन्दा रक्ततत्व
बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ।
नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिन प्रतिदिन रगत अभाव
हुँदै आएको छ । हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्त्वहरूको
प्रयोगभन्दा होल ब्लड को प्रयोग अर्को मुख्य कारण हो।
रगत अभाव हुने अर्को मुख्य कारण भनेको विरामीका लागि लगेर बढी भएको रगतको व्यवस्थापन नगर्नु हो ।
उदाहरणको लागि कुनै एक विरामी को लागि दुई पिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु र रगतको प्रयोग गर्दा
एक पिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक पिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गईरहेको हुन्छ ।
हामीले एक पिन्ट रगतबाट तीन देखि पाँच भिन्न खालका रगत बनाउन सक्छौँ । एकै प्रकारको रगतलाई भिन्न ३ देखि ५
प्रकारको रगत बनाउनका लागि धेरै रक्त सञ्चार केन्द्र छन् तर पनि शतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक
रक्तसञ्चार केन्द्र ग्राण्डी अस्पतालमा रहेको छ । ग्राण्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट ३ देखि ५ प्रकृतिक रगत
बनाउँदै आएको छ ।
जुन विरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्त तत्त्व बनाएर ग्राण्डीले प्रदान गर्दै आइरहेको छ । नेपालभरको रगतको
समस्या भएको केशमा विरामीका आफन्तहरु रगत खोज्नका लागि ग्राण्डीमा आउने गरेको कैयौँ उदाहरणहरु छन् ।
ग्राण्डीले हाल वार्षिक ३ हजारदेखि ५ हजार पिन्ट रगत संकलन गर्दै आएको छ । उक्त संकलन गरिएको ३ हजारदेखि ५
हजार पिन्ट रगतबाट ९ हजारदेखि १५ हजार पिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ ।
रगतको complication को चेकजाँच ग्राण्डी अस्पतालमा हुने गरेको डा नेपालले बताए ।ग्राण्डीले हाल लगभग सबै थरी व्लड गुप्र anti bodies को चेकजाँच गर्दै आएको छ ।
उक्त अस्पतालले ट्रान्सप्लाटका लागि एन्टीवडी ट्राईट्रेसन जाँच, रगतका विरामीलाई चाहिने टेस्ट एण्डीवडी आइडेन्टिफिकेशन गर्दै आएको छ ।
(रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् । )









राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया