युरोकप : जर्मनीको सानदार सुरुवात
मेरोन्यूज
२०८१ असार १ गते ७:००

काठमाडौं । युरो कप फुटबलमा जर्मनीले सानदार सुरुवात गरेको छ । गएराति जर्मनीको फुटबल एरिना म्युनिखमा भएको खेलमा स्कटल्याण्डलाई ५–१ गोलले हराउँदै आयोजक जर्मनीले विजयी सुरुवात गरेको हो ।
जर्मनीको जितमा फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले एक–एक गोल गरेका थिए । स्कटल्यान्डलाई भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । जर्मनीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेका थिए ।
खेलको १०औँ मिनेटमा जर्मनीका फ्लोरियनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यो जितसँगै समूह ‘ए’ को जर्मनीले ३ अंक जोडेको छ । जर्मनीले दोस्रो खेलमा हंगेरीसँग तथा स्कटल्यान्डले स्वीट्जरल्यान्डसँग खेल्नेछन् ।
आज राति हंगेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानियाबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित











इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया