आइतबार, वैशाख १३, २०८३

अफिसपछिको समय कसरी बिताउने ? सुत्नुअघि गर्नुहाेस् यी काम

मेरोन्यूज २०८१ असार ३ गते १६:१७

काठमाडाैं। हामीले दिनभरी गरेका क्रियाकलापले नै हाम्रो जीवन कस्ताे रहन्छ भन्ने निर्धारण गर्छ।

Advertisement
NiccNicc

एक अन्तराष्ट्रिय अध्ययनका अनुसार एक औसत व्यक्तिले आफ्नो जीवनकालमा औसत ९० हजार घण्टा समय काममा बिताउँछ। यदि त्यसो हाे भने हामी बाँकी समय के गर्दैछौं ? हामीले कहिल्यै याद गरेका छाैं ? दिनभरी अफिसमा काम गरेपछि अरु केही गर्ने हिम्मत हुँदैन भन्ने धेरैको विश्वास छ । यद्यपी कोही भने घरायसी काममा व्यस्त हुन्छन् ।

हामी आफ्नो काममा यति मग्न भएका छौं कि हामीले आफ्नो लागि समय निकाल्न बिर्सेका छौं। दिनको प्रत्येक मिनेट धेरै महत्त्वपूर्ण छ। बिहान उठेदेखि राती सुत्दासम्म हामिले जे पनि गर्छौ, त्यसले जीवनमा महत्वपूर्ण भूमिका खेल्छ । हामीले फुर्सदको समय खेर फाल्नु हुँदैन। दिनको १५ मिनेट चुपचाप बस्नेदेखि किताब पढ्नसम्म, धेरै सरल तर अत्यधिक प्रभावकारी बानीहरूले हाम्रो जीवनमा ठूलो सुधार ल्याउन सक्छ।

यी कुराहरू जान्नुहोस, जसले तपाईंको जीवनमा परिवर्तन ल्याउन सक्छ :

माइन्डफुल रिफ्लेक्शन

माइन्डफुल रिफ्लेक्शन भनेको दिनभरि भएका घटनाहरूको बारेमा सोच्नु हो। यसमा हामिले तीनवटा कुराहरू सोच्नुपर्छ– पहिलो -के राम्रो भयो ?, दोस्रो-कहाँ सुधार गर्न सकिन्छ ? र तेस्रो, राम्रा कुराहरूप्रति कृतज्ञता व्यक्त गर्नुहोस्। यसबाट हामी आफूलाई, हाम्रा भावनाहरू र विचारहरूलाई नजिकबाट चिन्न सक्छौं।

सामाजिक सञ्जालबाट टाढा बस्ने

हामी दिनभर डिजिटल संसारमा यति तल्लीन रहन्छौं कि हामी अन्य कुराहरूमा ध्यान दिन सक्दैनौं। त्यसैले अफिसबाट आएपछि केही समय यसबाट टाढै रहनुपर्छ ।

पढ्ने बानी बसाउनुहोस्

हरेक रात कुनै पनि किताबको कम्तिमा ६ पृष्ठ पढ्नु पर्छ। दैनिक पाँच/छ पाना पढ्दा किताब पढ्ने बानीको विकास हुन्छ । जीवन सुधार गर्न, दैनिक पढ्ने बानी बसाल्ने गर्नुपर्छ। यसो गर्दा व्यक्तिको एकाग्रता बढ्ने, राम्रो निद्रा लाग्ने, शान्ति मिल्ने र ज्ञानमा पनि बढ्छ।

अर्को दिनकाे योजना बनाउने

सुत्नु अघि आफ्नो अर्को दिनको योजना बनाउनु पर्छ। आज के लगाउने, के खाने, अफिसमा के लक्ष्य हासिल गर्ने, कुन काम पूरा गर्ने भन्ने सोचमा प्रायः दिनको केही समय खेर फाल्छौँ । यदि अघिल्लै दिनमा यी योजना बनाएमा सहज हुन्छ।

प्रियजनहरूसँग समय बिताउने

अफिसपछि आफ्नो परिवारको लागि केही समय निकाल्ने गर्नुपर्छ। जतिसुकै व्यस्त वा थकित भएपनि उनीहरुसँग बिताएको दुई मिनेट पनि धेरै फाइदाजनक हुन सक्छ। उनीहरुसँग खेल खेल्ने, खाना खाने, सँगै बसेर चिया पिउने, कुनै पनि विषयमा छलफल गर्ने बानीले सम्बन्धलाई बलियो बनाउँछ।

प्रकृतिसंग समय बिताउने

हरेक साँझ वा राती सुत्नुअघि प्रकृतिसँग केही समय बिताउने गर्नुपर्छ। यसो गर्नाले दिनभरको थकाइबाट मुक्ति पाउन सकिन्छ। राति छोटो पैदल यात्रा गर्ने बानी बसाल्नु पर्छ । रातमा बग्ने हावा, सुन्दर दृश्य र शान्त वातावरण साँच्चै जादुई लाग्छ। यसले मानसिक शान्ति र राम्रो निद्रा दिन मद्दत गर्दछ।

प्रतिक्रिया