स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या र यसको उपचार विधि

काठमाडौं । प्रत्येक वर्षको जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रिय रुपमा नै मनाउने गरिएको छ । स्कोलियोसिस भनेको मेरुदण्ड बांगो हुने समस्या हो ।
स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या धेरै कारणले हुने गर्दछ । स्कोलियोसिसको समस्या धेरै जसो यो सानो बालबालिकाहरुमा देखिन्छ । यो जन्मदेखि नै पनि हुन सक्छ तर धेरैजसो १० वर्ष उमेर नाघिसकेको बालबालिकाहरुमा देखिन्छ ।
जन्मजात बाहेक नशासम्बन्धी समस्याको कारण पनि देखिन्छ । यो समस्या हामीले बढी मात्रामा १० देखि २० वर्षसम्मका बालबालिकामा देखिने गरेको पाईन्छ ।
जसलाई हामीले Idiopathic Adolescent Scoliosis भन्छौँ । यसको अर्थ इडियोप्याथिक भनेको अहिलेसम्म कारण के हो भनेर पत्ता लागेको छैन, एडोलोसेन्ट भनेको १० वर्ष पुरा भएका बालबालिकालाई भनिन्छ र स्कोलियोसिस भनेको मेरुदण्ड बांगो हुने समस्या हो ।
यसको अनुपात छोराहरुको तुलनामा छोरीहरुमा बढी मात्रामा देखिन्छ । एक जना छोरामा देखियो भने सातजना छोरीहरुमा यो समस्या देखिन्छ ।
स्कोलियोसिस कसरी थाहा पाउने ?
यो घरमा बुबाआमाले अथवा स्कुलमा शिक्षक तथा साथीहरुले पत्ता लगाउँछन् । कसरी पत्ता लगाउँछन् भन्दा लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नु लगायत यसका लक्षणहरु पर्दछन् ।
स्कोलियोसिस सजिलै पत्ता लगाउने उपाय भनेको बच्चालाई अगाडि निहुरिन लगाउने र पछाडिबाट हेर्दा एकातिरको ढाड माथि अर्कोतिर तल गएको देखिन्छ ।यो छोराहरुमा भन्दा छोरीहरुमा ७ गुणा बढी देखिने गरेको पाईन्छ ।
यसरी स्कोलियोसिसको समस्या देखिएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिन जरुरी छ ।
यदी मेरुदण्डको भाग बांगो हुँदै गएको अवस्थामा यसले बच्चाहरुको फोक्सोको विकासलाई असर पुर्याउंछ र एउटा स्टेजमा पुगेपछि फोक्सो र मुटुको कामलाई असर पुर्याउने भएकाले यसलाई समयमै पत्ता लगाएर उपचार गर्नु एकदमै जरुरी छ ।
यसको उपचार कसरी गरिन्छ ?
यसको उपचार कति डिग्री बांगो भएको छ त्यसमा भर पर्छ । हामीले ढाड कति डिग्री बांगो छ भनेर एक्स -रे गरेर हेछौँ । ढाड बांगो हुने सबै समस्याको शल्यक्रिया मात्र गर्नुपर्छ भन्ने हुँदैन । २५ डिग्रीभन्दा सानो छ भने यसलाई हामीले निरीक्षणमा राख्छौँ । यस्तो केश आएमा हामीले फलोअपमा राखेर उपचार गछौँ ।
यदी ढाड बांगो हुने समस्या बढ्दै गएको अवस्था छ र २५ देखि ४० डिग्रीसम्म भएमा हामीले पेटी लगाउन सुझाव दिन्छौँ ।
जसलाई हामीले स्पाईनल ब्रेस भन्छौँ । स्पाईनल ब्रेसले बांगोपन हुनबाट रोक्छ । यदी बांगोपना ५० डिग्रीभन्दा माथि गएको छ भने कुनै पनि उमेरमा शल्यक्रिया (अप्रेसन) गर्नु जरुरी छ ।
अथवा बांगोपनालाई अझै बढ्नबाट रोक्न जरुरी छ । यदि रोकिएन भने पछि गएर यसले फोक्सोको विकास र मुटुको कामलाई असर गर्ने गर्छ । स्कोलियोसिसको कारण के हो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । नेपाल सहित विश्वभर यो समस्या देखिएको छ ।
हामीले ग्राण्डी अस्पतालमा वर्षको १५ देखि २० जनाको स्कोलियोसिसका समस्या भएका बालबालिकाको शल्यक्रिया मार्फत उपचार गर्दै आएका छौँ । यसको उपचार ढाडको वांगोपना कति डिग्री छ त्यसमा निर्भर रहन्छ ।
हालसम्म ग्राण्डी अस्पतालले २०० भन्दा बढी विरामीको शल्यक्रियामार्फत सफल उपचार गरिसकिएको छ । नेपालमा पहिलो पटक सन् २००६ शल्यक्रिया मार्फत यसको उपचार सुरु गरिएको हो ।
यसैले, स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्यालाइ समयमै पहिचान गरौँ र समयमै यसको उपचार गरौँ ।
(डाक्टर विजुक्छे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका मेडिकल डाइरेक्टरसमेत छन् ।)









सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
प्रतिक्रिया