बुधबार, वैशाख १६, २०८३

“आँखालाई माया गर्नुहोस्” एक बाल क्रियाकलाप पुस्तिका लोकार्पण

मेरोन्यूज २०८१ असार ४ गते १७:२९

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गद्वारा “आँखालाई माया गर्नुहोस्” नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएको छ ।

Advertisement
NiccNicc

अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका विज्ञ मिथिला कलाकारहरूको कलाद्वारा तयार यस पुस्तिका तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा उपलब्ध हुनेछन् ।

एक हजार प्रति प्रकाशन गरिएको बाल पुस्तिकाबाट उपचारका क्रममा आफ्नो पालो पर्खिरहेका बालबालिकाले स्वर्गीय डा. फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको बारे समेत जान्न पाउँनेछन् । दुतावास, तिलगंगा आँखा प्रतिष्ठान र आफन्त नेपालको सहकार्यले परम्परागत कलामार्फत आँखा स्वास्थ्य सचेतना र आदिवासी साँस्कृतिक कलाको प्रवर्धन गर्ने अपेक्षा राखिएको छ ।

नेपालका लागि अष्ट्रेलियाली राजदुत भोल्कका अनुसार सन् १९९० को दशकको प्रारम्भदेखि नै स्वर्गीय डा. फ्रेड होलोज र डा.सन्दुक रुइतबीचको मित्रताको सम्झना गराउने यो पुस्तिकाले अस्ट्रेलिया र नेपालबीचको जन–जनताको सम्बन्धलाई प्रवद्र्धन गर्न सहयोग पुर्‍याउने आशा गरिएको छ ।

उनका अनुसार यस सिर्जनशील कार्यले कलाकारहरुको प्रतिनिधित्व गर्दै रिलेटिभ नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डलले जनकपुरका मिथिला कलाकारहरुलाई निरन्तर सहयोग गरेकोमा अष्ट्रेलियन दूतावास र सान्ड्रालाई धन्यवाद ज्ञापन गरे ।

त्यस्तै उनले ,सान्ड्रा फिडेल्डेलीले निस्वार्थ रुपमा नेपाली बालबालिकाहरु, कलाकारहरु र स्वास्थ्यकर्मीहरुलाइ पुर्‍याएको सहयोगको प्रशंसा गर्दै उनले दुई देशका जनताको सुमधुर सम्बन्धको महत्वपूर्ण श्रोत भएकोमा कृतज्ञता व्यक्त गरे ।

कलाकारहरुको तर्फबाट आफन्त नेपालका कार्यकारी निर्देशक जय प्रकाश मण्डलले फ्रेड हलोज फाउण्डेशन, तिलगंगा आँखा प्रतिष्ठान, अष्टेलियाली दुतावास र सान्ड्रालाई जनकपुरको मिथिला कलाकारहरुलार्य सहयोग पुर्‍याएकोमा धन्यवाद ज्ञापन गरे । ”यस्ता अवसरहरुले परम्परागत मिथिला मिथिला चित्रहरुलाई विश्वभरका दर्शकहरुमाझ पुर्‍याउन र त्यसलाई आयको श्रोतको रुपमा विकास गर्न मद्धत गर्नेछ”, उनले भने ।

त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले किताब प्रकाशनका लागि अष्टेलीयाली दुतावास, आफन्त नेपाल र सान्ड्रा फिल्डेलीलाई धन्यवाद दिए। आफ्नो मन्तव्यमा उनले ”यस्ता क्रियाकलापहरुले नेपाल–अष्टेलियाको सम्बन्ध विस्तार गर्न मद्धत गर्नेछ ” उल्लेख गरे।

प्रतिक्रिया