महिनावारी हुँदाकाे पेट दुखाई कम गर्ने योगासन

महिनावारी हरेक महिलाको लागि पीडादायी दिन हो । यस्तो अवस्थामा हरेक महिलाको दिमागमा यो प्रश्न उठ्छ कि उनले व्यायाम गर्ने कि नगर्ने ? महिला रोग विशेषज्ञहरु भन्छन् महिनावारीको समयमा व्यायाम गर्न सकिन्छ ।
महिनावारीको समयमा हुने दुखाइलाई केही समय व्यायाम गरेर कम गर्न सकिन्छ । महिनावारीको समयमा हल्का व्यायाम गर्नाले शरीर अन्य दिनको तुलनामा बढी सक्रिय रहन्छ ।
तर, महिनावारीको समयमा हरेक महिलाको अवस्था एउटै हुँदैन । यस्तो अवस्थामा यदि कसैलाई अत्याधिक रगत प्रवाह हुने समस्या छ भने महिनावारीको समयमा आफ्नो शारीरिक क्षमता अनुसार व्यायाम गर्नुपर्छ ।
वा व्यायाम गर्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । महिनावरीको समयमा चिडचिडापन, टाउको दुख्ने, पेट दुख्ने, मुड परिवर्तन हुने, हर्मोन परिवर्तन भएर कम्जोरी महसुस हुने र थकान हुने जस्ता समस्याहरु देखिन्छ । योग अभ्यासको मद्दतले यस्ता समस्याहरुबाट छुटकरा पाउन सकिन्छ ।
कपालभाती प्राणायाम

महिनावारीको समयमा कपालभाती प्राणायाम राम्रो विकल्प हो । कपालभाती एक श्वास फेर्ने व्यायाम हो । महिनावारीको समयमा हुने दुखाईबाट राहत पाउन दैनिक यो प्राणायाम गर्न सकिन्छ ।
बिरालो गाई मुद्रा

महिनावारीको समयमा बिरालो गाईको पोज पनि गर्न सकिन्छ । यस अभ्यासमा पेटको मांसपेशी, घाँटी र पछाडि भाग तन्किन्छ । साथै यसले मेरुदण्डको लचिलोपन कायम राख्न मद्दत गर्दछ ।
बालासन

महिनावारीका लागि बालासन पनि राम्रो हुन्छ । यसलाई बच्चाको पोज पनि भनिन्छ । महिनावरीको समयमा कम्मर र कम्मरवरीपरीको भागमा तनाव महसुस हुन्छ । बालासनले तनाव कम गर्न, ढाडको समस्या, थकान, ग्यास आदिलाई कम गर्न मद्दत गर्न सक्छ ।
कोब्रा पोज

कोबरा पोज अर्थात् भुजंगासन गर्नुका फाइदाहरू महिनावारीको समयमा पनि देख्न सकिन्छ । यसबाट छाती र पेटका मांसपेशीहरू तानिन्छ र मेरुदण्ड लचिलो रहन्छ ।
डाउनवर्ड कुकुर पोज

फलक मुद्रा

फलक पोज गर्न एकदम सजिलो छ । महिनावारीको समयमा यसको अभ्यास धेरै लाभदायक हुन्छ । फलक पोजले हात, नाडी र मेरुदण्डलाई बलियो बनाउन सक्छ ।
















वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया