‘मायाका रंगहरु’मा भिड्दै मनिष र पल

काठमाडौँ । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’ मा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउतको इन्ट्री भएको छ । पल शाहको मुख्य भूमिका रहने यस फिल्ममा मनिष भिलेनको भूमिकामा रहेने बताइएको छ ।
‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा नै थिए । यो उनको डेब्यु फिल्म थियो । फिल्ममा अभिनेता पल शाहसहित सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरुको टुंगो लागि सकेको छ भने अभिनेत्रीको टुंगो भने अझै लागेको छेन ।
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्मको निर्माता आरबी थाङ्देन हुन् भने सह-निर्मातामा जनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । पुनम तामाङको प्रस्तुति रहेको फिल्मको कथा शेखर ज्ञवालीले लेखेका छन् भने सौरभ लामाको छायांकन, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत तथा रामजी लामिछाने, सुष्मा सोनम र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।
















विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
प्रतिक्रिया