भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग
मेरोन्यूज
२०८१ असार ६ गते १०:४९

भद्रपुर (झापा)। भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।
नमूना करेसाबारी प्रवर्द्धन कार्यक्रमका लागि कृषि विकास शाखामा नगरपालिकाको वडा नं ५, ६, ७, ८ र १० बाट सिफारिस भएर छनोटमा परेका नमूना किसानलाई लक्ष्यित गरिएको नगर प्रमुख गणेश पोखरेलले बताए। “कुहिने फोहरलाई कम्पोष्ट मल बनाउन सके फोहरको सदुपयोग हुन्छ, तरकारी सप्रिनुका साथै वातावरण स्वच्छ राख्न मद्दत पुग्छ”, उनले भने ।
यसैगरी नगर उपप्रमुख राधा कार्कीले करेसाबारीमा उत्पादन गरेका खानेकुरा ढुक्क भएर उपभोग गर्न सकिने भएकाले सबै नगरवासीलाई करेसाबारी खेतीमा लाग्न आग्रह गरे । “हामीले चाहेका बखत उपभोग गर्न पाउने गरी पुदिना, धनियाँ, अकबरेलगायत बिरुवा रोप्न सक्छौँ र सजिलोसँग उपभोग गर्न सक्छौँ । किनेर ल्याएको खानेकुरामा विषादी मिसिएको हुनसक्छ, त्यसैले कसेसाबारीको उत्पादन निर्धक्क भएर खान सकिन्छ”, उपप्रमुख कार्कीले भने ।
कृषि विकास शाखाले पाँच वडाबाट ७५ घरी छनोट गरी स्पे्र ट्याङ्की, तरकारीको बीउ, कुहाउने जैविक झोल, बीउ राख्ने ट्रे, पानी हाल्ने हजारी, पञ्जा, जैविक विषादी, करेसाबारीका औजार निःशुल्क वितरण गरेको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले राससलाई जानकारी दिए ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया