आइतबार, माघ ४, २०८२

संसद्मा सूर्य थापाले जब राती बुढी ताती भनेपछि…

मेरोन्यूज २०८१ असार ६ गते १५:५९

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले बोलेको कुरामा सांसदले आपत्ति जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले प्युठान जाने सडक मर्मत सम्भार नहुँदा नागरिकले अपठ्यारो भोग्नुपरेको भन्दै जब राती तब बुढी ताती हुन लागेको भनेका थिए ।

सांसद थापाले सो अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सुशीला थिङले सो शव्द अमर्यादीत र असंसदीय शव्द रहेको भन्दै सदनको रेकर्डबाट हटाउन माग गरिन् ।

थिङको माग पनि सभामुख देवराज घिमिरेले सो शव्द सदनको रेकर्डबाट हटाउन निर्देशन दिए ।

प्रतिक्रिया