मंगलबार, वैशाख २२, २०८३

संसद्मा सूर्य थापाले जब राती बुढी ताती भनेपछि…

मेरोन्यूज २०८१ असार ६ गते १५:५९

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले बोलेको कुरामा सांसदले आपत्ति जनाएका छन् ।

Advertisement
NiccNicc

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले प्युठान जाने सडक मर्मत सम्भार नहुँदा नागरिकले अपठ्यारो भोग्नुपरेको भन्दै जब राती तब बुढी ताती हुन लागेको भनेका थिए ।

सांसद थापाले सो अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सुशीला थिङले सो शव्द अमर्यादीत र असंसदीय शव्द रहेको भन्दै सदनको रेकर्डबाट हटाउन माग गरिन् ।

थिङको माग पनि सभामुख देवराज घिमिरेले सो शव्द सदनको रेकर्डबाट हटाउन निर्देशन दिए ।

प्रतिक्रिया