मंगलबार, वैशाख २२, २०८३

बागमती प्रदेशसभा बैठक अवरुद्ध, अर्काे बैठक भोलि बस्ने

मेरोन्यूज २०८१ असार ६ गते १६:५२

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ ।

Advertisement
NiccNicc

कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बैठकको प्रारम्भमा विशेष समय माग गरी प्रदेश सरकारले यही असार १ गते पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा तथ्याङ्क नमिलेको भनी सरकारको विरोध गरेका हुन् ।

उनले बजेट वक्तत्वमा उल्लेख भएबमोजिम रातो किताबमा बजेट संशोधन गरी नल्याएसम्म बैठक चल्न नदिने अडान व्यक्त गरे ।

संसद्मा प्रतिपक्ष कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूको करिब २० मिनेट नाराबाजीपछि सभामुख भुवन पाठकले आज अपराह्न ३ः०० बजेसम्मका लागि बैठक स्थागित भएको जानकारी दिए ।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, अर्थसचिव र प्रमुख प्रतिपक्ष दल कांग्रेससहित राप्रपा र मजदुर किसान पार्टी संसदीय दलका नेताबीच बैठक सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले अब अर्को बैठक भोलि शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी सहमति भएको छ जानकारी दिए ।

प्रतिक्रिया