केजरीवालको रिहाई फेरी अनिश्चित

काठमाडौँ । भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २-३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ ।
अदालतले यसअघि राउज एभिन्यू अदालतबाट अरविन्द केजरीवाललाई दिइएको जमानतमा रोक लगाएको थियो । यसका साथै केजरीवाललाई दिइएको जमानतमा रोक लगाउन दायर गरिएको ईडी याचिकामा उच्च अदालतको निर्णय नभएसम्म अरविन्द केजरीवाल जेलबाट रिहा नहुने भएका छन् ।
उच्च अदालतले मंगलबारसम्म ईडीको याचिकामा आफ्नो आदेश दिन सक्ने भारतीय मिडियाहरुले बताएका छन् । केजरीवाललाई मार्चमा कथित मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतले केजरीवाललाई आम चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएपछि उनी २१ दिन बाहिर बसेर २ जुनमा फेरि तिहाड जेल गएका थिए ।
उनलाई राउज एभिन्यू अदालतले शुक्रबार साँझ जमानतमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशको विरुद्ध ईडीले दिल्ली उच्च अदालतमा याचिका दायर गरेपछि उनको रिहाई अनिश्चित बनेको छ ।















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया