‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण

भक्तपुर । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा संस्कृतिविद् प्राज्ञ डा जगमान गुरुङ, समीक्षक र लेखकहरुले संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण गरे ।
कार्यक्रममा प्राज्ञ डा गुरुङले पुस्तकले धर्म, संस्कृति, परम्परा र सङ्घर्षलाई उजागर गरेको चर्चा गरे । विभिन्न लेखकले गौतमप्रति गरेको श्रद्धाभावले उनको योगदानको उच्च मूल्याङ्कन गरेको भन्दै गौतम बहुआयामिक व्यक्तित्व भएको तथ्य पुस्तकले झल्काएको उनले बताए ।
तत्कालीन बेलाको सङ्घर्ष, संस्कृतिको संरक्षण र संस्कारलाई आत्मसात गर्दै बहुआयामिक व्यक्तित्वको रुपमा पहिचान बनाएका गौतमको जीवनका अनेकौँ आयामलाई पुस्तकले उजागर गरेको प्राज्ञ डा गुरुङले बताए । उनले पुस्तकले संस्कृति, संस्कारका साथै सङ्घर्षका विषयमा अध्ययन गर्न चाहनेलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
पुस्तकका समीक्षक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक अध्ययन सकिँदा सिङ्गो भोजपुरलाई बुझ्न सकिने समेत बताए । उनले त्यसबेलाको सङ्घर्ष, रहनसहन, संस्कृतिलगायत जीवनशैलीलाई पुस्तकले उजागर गरेको भन्दै यसको अध्ययनबाट धेरै ऊर्जा प्राप्त गर्न सक्ने धारणा राखे ।
समीक्षक प्राडा नन्दीसकुमार अधिकारीले वेदविद्धता एवं शिक्षक भीमप्रसाद गौतमले समाज विकासदेखि रुपान्तरणसम्म निर्वाह गर्नुभएको भूमिकालाई पुस्तकले ताजा गराइदिएको बताए । उनले आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानले अहिलसम्म विभिन्न १२ वटा पुस्तक प्रकाशित गरेको उल्लेख गर्दै प्रतिष्ठानले छात्रवृत्तिका लागि विभिन्न कोष खडा गरेर सामाजिक कार्य गरिरहेको जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति प्राध्यापक चेतनाथ गौतम र प्रतिष्ठानका सचिव ब्रदीप्रसाद भट्टराईले पुस्तक जीवन उपयोगी हुनुका साथै यसले परिवर्तनको सन्देश प्रवाह गरेको बताए । पुस्तकमा राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक शरच्चन्द्र भण्डारीलगायत विभिन्न व्यक्तित्वले लेखेका लेख समेटिएकाले पुस्तकले त्यसबेला र अहिलेको समयको परिवेशलाई प्रष्ट्याएको उनीहरुको भनाइ छ ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया